Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वैशाख १ गतेबाट ठमेल २४सै घण्टा खुल्ने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १ गतेबाट खोल्ने तयारी गरेको छ ।

यसका लागि चाहिने आवश्यक मापदण्डको मस्यौदा तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विश्वमा पर्यटकीय नगरिका रूपमा परिचित ठमेल २४ सै खण्टा खुला हुँदा आर्थिक गतिविधि बढ्ने आँकलन सरकारले गरेको छ । राति खुलाउँदा घरबेटीलाई डिस्टर्ब हुन्छ भन्ने विषयका बारेमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले उद्योगी, मजदुर, ट्याक्सी व्यवसायी, काठमाडौं महानगरपालिका, सुरक्षा समितिलगायतसँग ठमेल खुलाउने विषयमा छलफल भइरहेको बताए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077