Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : गुजरातसँग हैदराबाद सात विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारको पहिलो खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको पहिलो खेलमा गुजरातसँग हैदराबाद सात विकेटले पराजित भएको हो । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको गुजरातको यो दोस्रो जित हो । एक खेलमा भने गुजरात पराजित भएको थियो ।

यसैगरी जारी प्रतियोगितामा तेस्रो खेल खेलेको हैदराबादको यो दोस्रो हार हो । हैदराबादले पनि यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको हैदराबादले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाएर एक सय ६८ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077