Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामहरी हत्याकाण्डमा फरार माओवादी नेता कालिबहादुर खाम पक्राउ

काठमाडौं। व्यवसायी रामहरी श्रेष्ठको अपहरणपछि हत्यामा फरार रहेका माओवादी नेता कालिबहादुर खाम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

आर्थिक लेनदेन विवादमा खाम नेतृत्वको समूहले श्रेष्ठलाई अपहरण गरी हत्या गरेको थियो ।

खाम अन्य अपराधमा पनि संलग्न रहँदै आएका थिए । खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

माओवादी लडाकूका पूर्वडिभिजन कमाण्डर खाम माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077