Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निजामती सेवासम्बन्धी विधेयकको डिजाइन नै गलत छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले विधेयकलाई सबै दलहरुले मिलेर राम्रो बनाउन पहल लिनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले भने,'यो पक्ष वा त्यो पक्ष नभनी विधेयकलाई समितिमा लगेर छलफल गर्न सबै राजनीतिक दलहरु अघि बढनुपर्छ । सरकारले प्रस्ताव गरेको विधेयक समस्याग्रस्त छ । विधेयकको उद्देश्यहरु ठिकै भएपनि त्यसलाई बोक्ने गरी विधेयकका अन्य व्यवस्थाहरु भने छैनन् ।'

उनले सार्वजनिक प्रशासनलाई सुधार गर्न र विधेयकलाई अन्तिम रुप दिन थुप्रै संशोधनहरु आवश्यक रहेको भन्दै त्यसका लागि क्रसपार्टी छलफलको बातावरण बनाएर अघि बढ्नुपर्ने बताए ।

महामन्त्री थापाले निजामती सेवामा कस्ता व्यक्तिहरुलाई प्रवेश गराउने भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताए ।

उनले कर्मचारीहरुको क्षमता नहुँदै गर्दाखेरि ७० अर्बको नेपालको सूचना प्रविधिको उद्योग धरासायी हुने अवस्थामा पुगेको बताए ।

महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077