Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री प्रचण्ड

    नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले भने, “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ, परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।”



    प्रधानमन्त्री दाहालले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै यसबाट शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए ।



    “यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्”, प्रधानमन्त्री दाहालले भने, “खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”

    आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार