Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

    आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसको प्रभावले कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



    देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार