Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मृत्यु, ७ घाइते

एजेन्सी । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ ।

घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077