Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

    कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.3K
    SHARES

    सर्लाही । सर्लाहीमा एक कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ ।

    मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको हो।



    उक्त स्थानमा हातहतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली खटिएको थियो ।



    प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको हो।

    गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुलिनसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार