Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सुर्तिजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो बनाउनु हुँदैन : महेश बर्तौला

    सुर्तिजन्य पदार्थलाई राजश्व आम्दानीको बाटो बनाउनु हुँदैन : महेश बर्तौला

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 240
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन्।

    काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै नेता बर्तौलाले यस्तो बताएका हुन्



    । उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए।



    नेता बर्तौलाले कूल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए

    । उनले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताए।

    उनले विश्वका धेरै देशहरुले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार