Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जिब्रो छेड्ने जात्रा

    भक्तपुरमा सुजन वाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

    भक्तपुरमा सुजन वाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 402
    SHARES

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ।

    विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । सुजनले गत वर्षदेखि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।



    कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नाइके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।



    कर्मीनाईकेले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडेका थिए ।

    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नु पर्दछ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार