Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणका आरोपीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीले जनाएको छ ।

सहकारी पीडित उजुरीकर्ताको रकम फिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी अनुसन्धान क्रममा पक्राउ परेका सहकारी सञ्चालकहरू ओमप्रकाश गुरुङ र दुर्गा चापागाईलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान लिएको थियो।

सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077