Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३० किलो गाँजासहित मकवानपुरबाट ७ जना पक्राउ

हेटौंडा । अवैध लागूऔषध गाँजा १३० किलो १५० ग्रामसहित ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा,राक्सिराङ गाउँपालिका ७ का १९ वर्षीय टिकाराम प्रजा,मनहरी गाउँपालिका ५ का ३६ वर्षीय दिपक थापा मगर,मनहरी–३ का ४४ वर्षीय रामहरी लुईंटेल र एक जना नाबालक रहेका छन् ।

मनहरी गाउँपालिका–४,माथिल्लो मसिनेबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।

मंगलबार निकुञ्जको मध्यवर्ती इलाकामा हिँडिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077