Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जना गोकर्णेश्वरबाट पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङ छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले लुटपाट गरेका थिए ।

चिया पिइरहेका सप्तरीका विजय गोइतलाई उनीहरुले आफूहरु प्रहरी हो बताउँदै लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गोइतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर जाँच गर्ने निहुँमा ४० हजार नगद र उनको कोठाबाट सुनको औठी र बिल समेत लुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077