Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेन्नई र लखनउका कप्तानलाई १२ लाख जरिवाना

एजेन्सी । चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२ लाख रुपैयाँ जरिवाना गरेको छ ।

आईपीएलमा शुक्रबार लखनउ र चेन्नईबीचको खेलमा स्लो ओभर रेटका कारण दुवै टोलीका कप्तानलाई जरिवाना गरिएको हो। यस सिजन लखनउ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको आईपीएल अधिकारीहरुले बताएका छन्।

यसअघि बिहीबार खेलिएको खेलमा पनि मुम्बईका कप्तान हार्दिक पाण्ड्या स्लो ओभर रेट गरेको भन्दै १२ लाख जरिवाना गरिएको थियो ।

त्यस्तै मंगलबार कोलकातामा राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ पनि जरिवाना गरिएको छ । गुजरात टाइटन्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको थियो ।

लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको छ । आईपीएलको १६ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध पन्तलाई २४ लाख जरिवाना गरिएको थियो ।

यति मात्र होइन, पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको छ ।

यो सिजनको सातौँ खेलमा चेन्नईविरुद्धको खेलमा गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077