Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुम्बईमाथि राजस्थानको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो ।

राजस्थाको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे ।

यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077