Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

झापा । लागूऔषध खैरो हिरोइनसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३९ ग्राम १० मिलिग्राम खैरो हिरोइनसहित प्रहरीले बैतडी दशरथचन्द नगरपालिका-८ का रोशन थापालाई पक्राउ गरेको हो ।

थापालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो।

उनी बिर्तामोर्ड नगरपालिका वडा-३ मा हिडडुल गरिरहेका थिए। शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077