Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठक आज राति १२ बजेदेखि अन्त्य गरेका छन्।

उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077