Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौँको टोखाबाट ८ जना जुवाडे पक्राउ, नगद १ लाख १३ हजार बरामद

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१० बाट ८ जना जुवाडे पक्राउ परेका छन् । टोखा स्थित सिर्जना टोलमा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले हरि श्रेष्ठको घरमा सञ्चालित जुवा खालबाट १ लाख १३ हजार नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३ बाँसबारी बस्ने मानबहादुर पुन, बुढानिलकण्ठ नगरपालिका बस्ने सागर लामा, गोकर्णेश्वर बस्ने नेमा लामा, बुढानिलकण्ठ बस्ने लोप्साङ तामाङ, टोखा–३ घर भएका पुष्पबहादुर खड्का, भक्तपुर बस्ने देन लामा र नागार्जुन घर भएका शरणबहादुर गुरुङ छन् ।

जुवा खालबाट ४ बुक तास र १०९ थान क्वाइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077