Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थान रोयल्सको आठौँ जित, पुग्यो प्लेअफ नजिक

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले आठौँ जित निकालेको छ । राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।

अहिलेसम्म राजस्थान एक खेलमा मात्रै पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

जितपछि राजस्थानले ९ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने लखनऊ ९ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा छ । आइपीएल अन्तर्गत आज २ खेल हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077