Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात

काठमाडौँ । मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनामा नेपालबाट एक खर्ब १३ अर्ब रुपियाँको निर्यात हुँदा झन्डै दोब्बर रकम दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

नौ महिनामा निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँमा झरेको छ । नौ महिनामा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा घटे पनि कुल निर्यातको तुलनामा झन्डै दोब्बर रहँदै आएको छ ।

गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको माग कम हुँदा आयातमा कमी आएको छ ।

विभागले नौ महिनाको अवधिमा एक खर्ब तीन अर्ब रुपियाँको डिजेल आयात भएको छ । यस्तै सो अवधिमा ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्ब रुपियाँ बराबरको एलपी ग्यास आयात भएको छ। यस्तै १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा सरकारले ७५ अर्ब पाँच करोड ४३ लाख ८३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077