Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भलिबल प्रतियोगिता : नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै

भक्तपुर। नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।

आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नपाली भलिबल टोलीका साथमा रहेका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बङ्गलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अङ्कले पराजित गरेको हो ।

यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अङ्कले हराउँदै सेमफाइनल प्रवेश गरेको थियो ।

भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहैका छन् ।

टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन् । टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077