Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगीमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की एक सांसद मुछिएकी छन् ।

राप्रपा सांसद गीता बस्नेतमाथि पूर्वनवलपु स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो ।

सांसद बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी स्रोतले बतायो ।

सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ भने सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।

बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077