Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी उपमहासचिव गजुरेल भन्छन् - उपनिर्वाचनले कांग्रेसको दम्भ अन्त्य गरेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपनिर्वाचनको रुझानले कांग्रेसको दम्भ अन्त्य गरेको बताएका छन् ।

इलामको चुनावी परिणाम सन्तोषजनक रहेको भन्दै उपमहासचिव गजुरेलले यस्तो बताएका हुन् ।

उनले चुनावअघि कसैसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई धक्का लागेको बताए।

चुनावी रुझानको सन्देश वामपन्थीबिचको एकतालाई बलियो बनाउन मद्दत गरेको गजुरेलको भनाई छ ।

माओवादीको समर्थन नभएको भए इलाममा निर्वाचन जित्न मुस्किल पर्ने भन्दै गजुरेलले समग्रमा वामपन्थी जनमत राम्रो देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077