Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद्का १६ महिना : जम्मा कानुन चार, २५ विधेयक अलपत्र

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा र संसदीय समितिमा टेबुल भएका, सैद्धान्तिक छलफल भइसकेका र सभामा प्रस्तुत भएका गरी २५ विधेयक अलपत्र परेका छन्।

संघीय संसद शुरू भएको १६ महिनामा सदनमा १० र विभिन्न विषयगत समितिमा छलफलका क्रममा रहेका १५ गरी २५ विधेयक विचाराधीन छन् भने चारवटा कानुन मात्रै प्रमाणीकरण भएका छन् ।

प्रतिनिधिसभामा ९, राष्ट्रियसभामा १ गरी सदनमा १० र प्रतिनिधिसभाअन्तर्गतका समितिमा १४ तथा राष्ट्रियसभा समितिमा १ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुुशासन समितिमा अख्तियार दुरूपयोग अनुसन्धान, भ्रष्टाचार निवारण, संवैधानिक परिषद् र निर्माणमुखी सामग्री व्यवस्थापनसम्बन्धी चार महत्वपूर्ण विधेयक विचाराधीन अवस्थामा छन्।

त्यस्तै, शिक्षा समितिमा ४, कानुनमा २, पूर्वाधार २, अर्थमा २ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा १ गरी १५ विधेयकहरू समितिमा छलफलका क्रममा रहेको सूचना अधिकारी धमलाले बताए ।

सभामा टेबुल भएका र सैद्धान्तिक छलफल भइसकेका कतिपय विधेयकहरूसमेत दलहरूबीच साझा सहमति हुन नसक्दा पारित हुन सकेका छैनन्। संसद्का विभिन्न समितिमा दर्ता भएका विधेयकका विषयमा छलफल नै अघि बढ्न नसकेको संसदीय समितिका सदस्यहरू बताउँछन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077