Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्यालयको नाम परिवर्तनबारे सर्वोच्चद्वारा अल्पकालीन आदेश

काठमाडौं । संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विरुद्धमा प्याब्सन आबद्ध करिब २१ विद्यालयले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अल्पकालीन आदेश भएको छ।

विद्यालयल शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा उनीहरुले मुद्दा दायर गरेका थिए ।

सो मुद्दाको अल्पकालीन आदेशको निरन्तरता दिने वा नदिने विषयमा आज सुनुवाइ हुनेछ।

सुनुवाइका लागि बोलाएकै दिन केही निजी विद्यालयले थप रिट दायर गर्ने तयारी गरेका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077