Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बईलाई २४ रनले हराउँदै कोलकाता प्ले–अफ नजिक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको छ ।

मुम्बईको वानखेडेमा गएराति भएको खेलमा कोलकाताले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा एक सय ४५ रनमा समेटियो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६९ रन बनाएको थियो ।

जितसँगै कोलकाता १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको कोलकाता प्ले–अफ नजिक पनि पुगेको छ ।

पराजित मुम्बई ११ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077