Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोदा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, दुई घाइते

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका ५ स्थित दोदा नदीमा डुबेर बेलौरी ४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरु शनिबार दिउँसो पौडी खेल्न नदीमा पसेका थिए । सोही ठाउँका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् ।

उनीहरुको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077