Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ।

अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्‍याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताइरहेको छ।

राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे) सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077