Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सबै कोणबाट सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुन्छ : रमेश लेखक

    सबै कोणबाट सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुन्छ : रमेश लेखक

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारी वकिल कार्यालयको अभियोग पत्रमै गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख भएको बताएका छन् ।

    सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक लेखकले रुपन्देही सरकारी वकिलको कार्यालयले गृहमन्त्री लामिछानेले सहकारीबाट पटक-पटक ऋण लगेको अभियोग पत्रमा उल्लेख गरेको बताएका हन् ।



    उनले ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक, प्रवन्ध निर्देशक के के पदमा रहेको समेत बताए। उनले सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन भएको र सबै कोणबाट त्यसमा गृहमन्त्रीको पनि संलग्नता रहेको देखिएको दाबी गरे।



    प्रमुख सचेतक लेखकले रुपन्देही सरकारी वकिलले प्रस्तुत गरेको अभियोग पत्रमा प्रक्रियाबिनै सहकारीको पैसा लामिछाने प्रबन्ध निर्देशक भएको गोर्खा मिडियामा गएको देखिएको बताए।

    प्रमुख सचेतक लेखकले भने,’रुपन्देही जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले पेस गरेको अभियोगपत्रमा एक ठाउँमा मात्र होइन, ठाउँठाउँमा माननीय रवि लामिछानेको नाममा ऋण गएको उल्लेख गरिएको छ। कुनै पनि प्रक्रिया नपुगेको, बिना प्रक्रिया ऋण लगानी गरेको अभियोग पत्रमा भनिएको छ। अनि, कुनै पनि पक्रिया नपुर्‍याएर ऋण गएको सरकारी वकिल कार्यालयले भन्दाभन्दै पनि छानबिन नहुनुपर्ने भन्ने हुन्छ ?’

    सरकारले सहकारी पीडितको कुरालाई गम्भीरतापूर्वक नलिएर, सहकारी पीडितको समस्या सम्बोधन नगरेर, राज्यका विभिन्न संयन्त्रहरूलाई दुरुपयोग गर्नेगरेको उनको भनाइ छ।

    उनले संसदीय छानबिनले रवि लामिछानेकै लागि राम्रो हुने बताए। प्रमुख सचेतक लेखकले संविधान र कानुनभन्दा माथि कोही नरहेको बताउँदै देशको गृहमन्त्री भएकै कारण रवि लामिछानेमाथि छानबिन गर्नु हुँदैन भन्ने न्यारेटिभ गलत रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार