Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले भने – भाजपासँग मुस्लिम समुदायले डराउनु पर्दैन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा)सँग मुस्लिम समुदाय डराउनु नपर्ने बताएका छन् ।

भारतमा जारी लोकसभाको निर्वाचनको बीचमा एक संञ्चार माध्ययमलाई अन्तर्वार्ता दिने क्रममा मोदीले यस्तो बताएका हुन् ।

उनले मुस्लिम समुदायले आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री मोदीले भने, म मुस्लिम समुदायलाई भन्न चाहन्छु, कसैले तपाईंलाई भाजपाको डर देखाइरहेको छ त्यसको विश्वास नगर्नुस् । यदि भाजपासँग डर लाग्छ भने नेताहरूसँग उठबस गर्नुस् । जानुस, भाजपाको कार्यालयमा बस्नुस्, कसले निकाल्छ ? कार्यालय नै कब्जा गर्नुस् न ।’

उनले भारतीय राष्ट्रिय कंग्रेसले सरकारको नेतृत्व गरेको बेलामा मुस्लिम समुदायलाई कुनै फाइदा नपुगेको आरोप लगाए ।

मोदीले मुस्लिम देशमा योगा पाठ्यक्रममै राखेर विद्यार्थीलाई पढाइने गरेको तर भारतमा भने योगालाई लिएर धार्मिक विखण्डन हुने गरेको दुःखेसो पोखे ।

उनले यस्तो प्रवृत्तिविरुद्ध लड्न मुस्लिम समुदायलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077