Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै हुन्छ : राष्ट्रपति पौडेल

    राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै हुन्छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन संघको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    राष्ट्रपति पौडेलले लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न योगदान पुगेको बताए ।



    उनले विकास निर्माणको ठूला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताए।

    राष्ट्रपति पौडेलले हरबखत चनाखो रहेर हिसाव मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार