Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने फुर्साङ पक्राउ

    सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने फुर्साङ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 237
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बा रहेका छन् ।



    रूम्बालाई प्रहरीको साइबर ब्‍यूरोले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार