Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : गुजरातले चेन्नईलाई ३५ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
गएराति भएको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो ।

गुजरातले दिएको २३२ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेट गुमाएर १९६ रन मात्रै बनायो।

नरेन्द्र मोदी स्टेडियम अहमदावादमा पहिले ब्याटिङ गरेको गुजरातका लागि कप्तान तथा ओपनर शुभमन गिलले १०४ रन र अर्का ओपनर साई सुदर्शनले १०३ रन बनाएका थिए ।

पराजयका बाबजदुर चेन्नई १२ अंक जोडेर तालिकाको चौथो स्थानमा छ भने विजयी भएको गुजरात आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077