Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले ५७ मत पाएका हुन् ।

कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो ।

९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिए ।

राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो। प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077