Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।

मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको हो ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए ।

नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077