Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीसँग लखनउ १९ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् ।

दिल्ली १४ खेलमा १४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । लखनउ १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077