Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातसँगको खेल वर्षाका कारण रद्द भएपछि प्लेअफमा पुग्यो हैदराबाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

गएरातिको खेल टस नै नभई रद्द भएको हो । खेल रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

जारी आईपीएलमा तेस्रो स्थानमा रहेको हैदराबादको १३ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अङ्क रहेको छ ।

कोलकाता यसअघि नै १३ खेलमा १९ अङ्कसहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । गुजरात भने यस खेलअघि नै बाहिरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077