Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कीर्तिपुरमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जना घाइते, खुकुरीसहित ९ जना प्रहरी फन्दामा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुर नगरपालिका १० नयाँबजारमा ग्याङ फाइट गर्ने ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका सुदिप गिरी छन् ।

त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका सुनिल रोका छन् ।

उक्त ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । २ जेठमा साँझ ७ बजेको समूहमा नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको थियो ।

खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनीहरुबाट खुकुरी समेत बरामद गरेको छ ।

पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । दुई समूहबीच झडप हुँदा कीर्तिपुर नगरपालिका–१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठलाई कैलालीको घोडाघोडी नगरपालिका–१० घर भएका तपेन्द्रराज खातीले घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ । पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077