Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कटुवा पेस्तोलसहित कपनबाट एक जना पक्राउ

काठमाडौं । कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–११ स्थित सिमलटारबाट सिन्धुपाल्चोक घर भएका अर्जुन दर्नाल रहेका छन् ।

दर्नाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’ भनेर कपनका स्थानीयहरूलाई धाकधम्की दिने गरेका थिए ।

आरोपितलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077