Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीएसकेलाई हराउँदै आरसीबी प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ ।

गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हराएको हो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

पहिलो आठ खेलमा एक खेल मात्र जितेको आरसीबी त्यसपछिका लगातार छ खेल जित्दै अङ्क तालिकाको चौथो स्थानमा रहन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077