Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागढुंगाबाट ४८ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले ४८ ग्राम लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा बसबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन्।

जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई ब्यूरोको टोलीले चेकजाँच गर्ने क्रममा बसबाट पक्राउ गरेको हो।

सचिनले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा बेरेर राखेको ४८ ग्राम लागूऔषध खैरो हिरोइन बरामद भएको थियो ।

सचिनलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077