Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली लेबलिङ गरेर कम्प्युटर बेच्ने एक विदेशी पक्राउ

काठमाडौं । नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् ।

काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

डेलको नक्कली लोगो राखेर उमेश मुडवरीलाई बेच्न लागेको समेत पाइएको प्रहरीले जनाएको छ ।

डेल कम्पनीको लोगो सहितको मनिटर १० कार्टुन (५० थान), लोगो बिनाको ३७ कार्टुन (१८५ थान) गरी २३५ थान बरामद गरिएको छ ।

उमेश मुडवरीबाट कम्पनीको लोगो सहितको मनिटर ६ थान समेत बरामद भएको छ । जम्मा २८६ थान मनिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077