Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देशका सूचना बेच्ने एजेन्ट नदेखाए गृहमन्त्रीलाई सदनबाट गलहत्याउँछौं : बद्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस नेताहरूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । सांसद पाण्डेले गृहमन्त्री लामिछानेले सदनबाटै नेताहरूलाई लगाएका आरोप सत्य हो भने प्रमाणित गरेर देखाउन चुनौती दिए ।

सांसद पाण्डेले भने,‘गृहमन्त्रीजी को हो त्यो सूचना बेच्ने एजेन्ट तपाईं देखाउनुस्, उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौं । होइन तपाईं निराधारा आरोप लगाउँदै हुनुहुन्छ भने गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्ने छैनौं।’

राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा रहेको गृहमन्त्री लामिछानेले अभिव्यक्ति दिएको उनले बताए। प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याएर बाहिर पठाउने कांग्रेका सहमहामन्त्री पाण्डेको भनाइ थियो छ।

यसअघि आइतबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले देशका सूचना बेच्ने एजेन्ट यही संसद्‌मा रहेको आरोप लगाएका थिए । सांसद बद्री पाण्डेले गृहमन्त्रीले बोलेको कुरा प्रमाणित गर्न नसके संसद्को रेकर्डबाट हटाउनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077