Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले भन्यो - गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ, कानून सबैलाई समान रूपमा लागू होस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ ।

धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको हो ।

‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ,’ राप्रपाको निर्णयमा उल्लेख छ ।

कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने राप्रपाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077