Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्राउन सुगरसहित सल्यानबाट दुई जना पक्राउ

सल्यान । सल्यानमा लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छत्रेस्वरी गाउँपालिकाका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका– २ का १८ वर्षीय डिप्लप थापा रहेका छन् ।

उनीहरुलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

छत्रेस्वरी गाउँपालिका– ६ लान्टीदेखि शंखमुल तर्फ जाँदै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मोटरसाइकल चालक गिरीको पर्समा प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित ११० र मिलीग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

प्रहरीको हिरासतमा रहेका दुबै जनालाई अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077