Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टोखामा आगलागीबाट एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा आगलागी हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् ।

बुढाथोकी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएका थिए ।

बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077