Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० ग्राम खैरोहेरोइन लागूऔषधसहित उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

उनीहरुको साथबाट लागूऔषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ ।

कोटेश्वरको रमाइलो लज एण्ड भोजनालयको दोस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ को कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077