Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठगीको आरोपमा फिल्म निर्देशक थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थापालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो ।

थापाविरूद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो। पक्राउ पुर्जी जारी भएपनि फरार रहेका थापालाई प्रहरीले आज पक्राउ गरेको हो।

उनीविरूद्ध ठगी, अपराधिक विश्वासघात, एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा जाहेरी परेको थियो।

'प्रसाद-२' का निर्माता सुदर्शन बस्नेतको जाहेरीमा निर्देशक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077