Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाद्वारा चार बन्धकको जीवितै उद्धार

एजेन्सी । इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकको उद्वार गरेको छ ।

अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी बिद्रोही समूह हमासले आक्रमण गर्दा बन्धक बनाएकामध्ये चार जनाको सकुशल उद्वार गरिएको हो ।

विशेष अभियानमार्फत २१, २५, २७ र ४० वर्षका गरी चार जना इजरायली नागरिकलाई मध्य गाजाको छुट्टाछुट्टै ठाउँबाट मुक्त गराएर स्वदेश फर्काएको इजरायली सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले पनि बन्धक मुक्त भएका स्वीकार गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर इजरायलको यस अभियानमा बालबालिकासहित कैयौंको ज्यान गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077