Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टी–२० विश्वकपमा क्यानले आर्थिक अपचलन गरेको एमाले सांसद आचार्यको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकपमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले अनियमितता गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका हुन् ।

सांसद आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए ।

सांसद आचार्यले खेलाडीलाई होटलमा खेलाडीलाई उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए ।

सांसद आचार्यले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि बताए ।

उनले विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077